लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुले पाउने भए ३५ प्रतिशत नगद लाभांश
लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन १५ गतेलाई बुकक्लोज मिति तोकेको छ । साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।