05:51:04 am 25-May-2022

लता मंगेशकरलाई अझ केही समय आईसीयूमा भर्ना गरिने


लता मंगेशकरलाई अझ केही समय आईसीयूमा भर्ना गरिने

युवा पोस्ट, माघ ६, २०७८, बिहीबार ,

कोरोना भाइरससँग लड्दै आएकी ९३ वर्षीय गायिका लता मंगेशकरलाई अझ केही समय आईसीयूमा भर्ना गरिने भएको छ । लतालाई ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको उपचार भइरहेको छ । उनलाई अझै केही दिन आईसीयूमा चिकित्सकको निगरानीमा राखिनेछ । उनलाई भेट्न कसैलाई पनि अनुमति दिइएको छैन । चिकित्सकले उनको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका छन् ।उनी कोरोनाका साथै निमोनियाबाट पनि पीडित छन् । बिरामी र उनको उमेरलाई ध्यानमा राख्दै उनलाई आईसीयूमा राखिएको छ । उनको स्वास्थ्यको निरन्तर अनुगमन भइरहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]