कोरोना महामारीका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल आजदेखि खुलेका छन्। दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । १८ महिनादेखि बन्द रहेको चलचित्र हल केही अगाडि सरकारले खोल्न अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन ।
आजदेखि देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको छ ।विदेशी फिल्म ’फास्ट एण्ड फ्युरिय्स’ प्रदर्शन गर्दै फिल्म हल खोलिएको हो । यही असोज २६ गतेदेखि भने नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँदैछन्। नेपाली फिल्म ‘डाँडाको बरपीपल’ हलबाट निक्लिएपछि अन्य नेपाली फिल्महरू धन्दागिरी, चोर पुलिस, धुम ४ र चुरिफुरी प्रदर्शन हुने भएका छन् ।