08:28:08 am 24-May-2022

लालबहादुर शास्त्रीको सफलता


लालबहादुर शास्त्रीको सफलता

युवा पोस्ट,माघ १८,२०७८, मंगलबार,

भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन ज्यादै प्रेरणादायी छ । उनको जीवन ज्यादै गरिबीबाट गुज्रेको थियो । उनले सादा जीवन उच्च विचारको सिद्धान्तलाई पालना गरेका थिए ।
शास्त्री नैनी ताल जेलमा हुँदा उनकी छोरी पुष्पा ज्यादै बिरामी थिइन् । त्यसवेला कलेक्टरले यदि उनले बाहिर गएर कुनै आन्दोलनलाई समर्थन नगर्ने हो भने छोडी दिने बताएका थिए । तर उनले अँग्रेजको सामुन्ने नझुक्ने निर्णय लिए । उनको दृढतालाई देखेर अन्तमा कलेक्टरले बाध्य भएर उनलाई बिनासर्त रिहा गरे । शास्त्रीजीले छोरीको अन्तिम संस्कार गरे र फेरि जेल नै फर्किए । किनकि उनी कलेक्टरको दयाको पात्र बन्न चाहँदैनथे ।
शास्त्रीजी आफ्नो समयको दुरुपयोग नहोस् भनेर धेरै सावधान रहन्थे जेलमा पनि उनी लेख्ने पढ्ने गर्थे । त्यही उनले म्याडम क्युरी को जीवनीको हिन्दी अनुवाद पनि गरे ।
सन् १९५१ को चुनावमा लालबहादुर शास्त्रीजी काँग्रेस हाइकमानको प्रतिनिधि थिए । उनी तीनमूर्ति भवनमा बस्थे । नेहरुजीको नोकरले भोजनको थाल उनको अगाडि ल्याउँदा मात्रै उनलाई खानाको याद आउँथ्यो । कति पटक त काममा तल्लिन रहँदा उनले खान पनि बिर्सेका थिए ।
शास्त्रीको नैतिक मूल्य धेरै दृढ थियो । सन् १९५६ मा आशियालुरमा भएको रेल दुर्घटनाको जिम्मेवारी लिँदै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको बोली र कर्ममा कुनै अन्तर थिएन । अनिकालबाट बच्नको लागि जनतालाई कम्तिमा हप्तामा १ पटक नत्र एक छाक व्रत बस्न अपिल गरेका थिए । यस्तो काम उनले आफैले पनि गरेका थिए ।
साभार : ‘सफलता’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]