ला लिगा, इंग्लिस प्रिमियर लिग र जर्मन बुन्डेसलिगा आजदेखि सुरु हुँदै
स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) देखि सुरु हुँदैछ। नयाँ सिजन २०२१/२२ अन्तर्गत आज तीनै लिगमा एक एक खेल हुनेछ। स्पेनिस ला लिगाको पहिलो खेलमा गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सियाले घरेलु मैदानमा १५ औं स्थानको गेटाफेको सामना गर्नेछ। मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ। इंग्लिस प्रिमियर लिगको पहिलो लन्डन क्लब आर्सनलले आज नव प्रवेशी ब्रेन्टफोर्डको सामना गर्नेछ ।खेल नेपाली समयअनुसार राति १२:४५ बजे ब्रेन्टफोर्डको घरेलु मैदानमा हुनेछ। जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ ।