अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन खेल्ने १४ क्लबबीचको बैठकले सहिद स्मारक ए डिभिजन लिग यहि कार्तिक २९ बाट सुरु हुने मिति टुंगो लगाएको छ । यसअघि ए डिभिजन लिग असोज ३ बाट सुरु हुने भनिएको थियो । एन्फाले लिग च्याम्पियनले पाउने पुरस्कार राशीमा वृद्धि गरी विजेता टिमले ७५ लाख पाउने जनाएको छ ।गत वर्ष भने लिग च्याम्पियनलाई ५० लाख रुपैयाँ दिइएको थियो । यसैगरी लिग उप–विजेता र तेस्रो स्थानमा रहने क्लबले क्रमशः ५० लाख र २५ लाख रुपैयाँ पाउनेछन् ।