लिथुआनियाले गर्यो चिनियाँ कम्पनीसँगको रेलवे सम्झौता रद्द
युवा पोस्ट,पौष २८,२०७८,बुधबार,
भिल्नियस र बेइजिङबीच बढ्दो तनावका बीच लिथुआनियाले चीनको स्वामित्वमा रहेको कम्पनीसँग रेलवे सम्झौता रोकेको जनाएको छ।
नोभेम्बरमा लिथुआनियाले ताइवानलाई एउटा राजदूतावास बराबर भिलनियसमा प्रतिनिधि कार्यालय खोल्न अनुमति दिएको थियो। चीनलाई रिस उठ्दा चीन र बाल्टिक राष्ट्रबीच तनाव उत्पन्न भएको छ। हालै, लिथुआनियाले ताइवानसितको सम्बन्ध बलियो बनाउन कदम चालेपछि यो घटना झनै चर्किएको हो। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको हो।
एक प्रतिवेदन अनुसार, लिथुआनियालाई चीनको आक्रामकताको प्रतिरोध गर्न पश्चिम र अन्य विदेशी शक्तिहरूको समर्थन आवश्यक छ। किनकि यसले विश्वको एक आर्थिक तथा राजनैतिक अतिशक्तिविरुद्ध लगभग एक्लै संघर्ष गरिरहेको देखिएको छ।
हङकङ पोस्टका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको निरंकुशता र चिनको आक्रामक व्यवहारको खुलेर विरोध गर्दै आएको र चीनलाई सबैभन्दा ठूलो खतराको रुपमा चिनाउने देशहरुमध्ये लिथुआनिया सबैभन्दा अगाडि रहेको छ।
लिथुआनियामा ताइवान प्रतिनिधि कार्यालय नामको प्रतिनिधि कार्यालय खोलयो जसले मुख्य भूमिबाट अलग कानूनी संस्थाको मान्यता दिएको स्पष्ट रूपमा संकेत गर्दछ।
बेइजिङले लिथुआनियासँग आफ्नो कूटनीतिक सम्बन्ध घटायो।
यसबाहेक, यस महिनामा बेइजिङले लिथुआनियाका अधिकारीहरूलाई आफ्नो कूटनीतिक दर्जा लाई ह्रास गर्ने उदेश्यका साथ आफ्नो परिचय(पत्र समर्पण गर्न माग गरेको थियो। यो माग लिथुआनियाको लागि यत्ति गम्भीर चिन्ताको विषय थियो कि डिसेम्बर को मध्यतिर भिल्नियसले आफ्ना बाँकी रहेका कूटनीतिज्ञहरूलाई चीनबाट सुरक्षा चिन्ताको डरले फिर्ता बोलायो।
हङकङ पोस्टका अनुसार यसबाहेक चीनले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को भागको रूपमा भिल्नियस जोड्ने मालवाहक रेलहरूको आवागमनमा रोक लगाएको छ। जसले लिथुआनियाली खाद्य निर्यात इजाजतपत्र आवेदनहरू प्रशोधन गर्न रोकियो । ९एएनआई०