इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलले खेलमा दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा सिटीसँग २–२ गोलको बराबरी खेलेका हुन् ।यो बराबरीसँगै लिभरपुल ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । सिटी १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।