अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी ले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् । पीएसजीसँग दुई वर्षे सम्झौताका लागि मेस्सी सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले ट्वीट गर्दै भनेका छन् , बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेका छन् ।प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’ मेसी केही घण्टापछि पेरिस पुग्ने समेत रोमानोले बताएका छन् ।
३४ वर्षका मेसीले बार्सिलोनाबाट खेलेका ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी १३ वर्षको हुँदा बार्सिलोनामा आवद्ध भएका छन् । मेसीले ६ पटक फिफा बालोन डिओर जितेका छन् भने कप्तानको रुपमा ३५ ट्रफी उचालेका छन् ।