लुम्बिनी विकास बैंक लि. र नेपाल पेमेन्ट सोलुसन्स प्रा.लि. बीच डिजिटल कारोबार सम्झौता
युवा पोस्ट, मंसिर २६ ,२०७८,
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रा. लि. सँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी रनेपाल पेमेन्ट सोलुसन्स प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रताप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।