वाणिज्यमा दर्ता नभई कारोबार गरेको एभरेष्ट मर्चेन्ट ट्रेडर्सलाई ७० हजार जरिवाना
युवा पोस्ट, मंसिर २२ ,२०७८, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नभई कारोबार गरेको पाइएपछि एभरेष्ट मर्चेन्ट ट्रेडर्सलाई ७० हजार जरिवाना गरिएको छ । व्यापारिक क्रियाकलाप र कारोबारका लागि वाणिज्यमा अनिवार्य दर्ता हुनुपर्छ । तर, मर्चेन्ट कम्पनी रजिष्टार कार्यालयमा मात्रै दर्ता भएको भेटिएकोले जरीवाना लगाइएको विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेल ले बताएका छन् ।