विद्यार्थी संगठनको आन्दोलनपछि, नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
गएरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ एकरएक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।नेपाल विद्यार्थी संघलगायतका ५ विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेपछि निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ का दरले मूल्य घटाएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ तथा डिजेल र मट्टीतेल १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।