युवा पोस्ट, मंसिर २० ,२०७८, विद्युतीय सर्ज भनेको अचानक क्षणिक रूपमा बढ्ने विद्युतीय करेन्ट वा भोल्टेज हो।यसको प्रमुख स्रोत चट्याङ हो। स्विच अन/अफ गर्दा पनि यस्तो सर्ज निस्किने गर्छ। सर्जको सामान्यतया अवधि अत्यन्त छोटो, केही न्यानोसेकन्ड ( एक सेकन्डको एक अर्बौँ भाग ) देखि केही सय माइक्रोसेकन्ड ( एक सेकन्डको दश लाखौँ भाग ) सम्मको हुने गर्छ।