क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ । यो नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनी ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।