05:53:46 pm 25-May-2022

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत


वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत

युवा पोस्ट, माघ ४, २०७८, मंगलबार ,
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमै स्थानीय निर्वाचन गर्न सहमती भएको हो । स्थानीय निर्वाचनबारे छलफल भएको उक्त बैठकमा सबै दलका नेताहरूले बैशाखमा नै स्थानीय निर्वाचन गर्नुपर्ने बताएका थिए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । यसअघि निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न राजनीतिक दलहरुलाई सुझाव दिएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]