१) नारीको वास्तविक मूल्य त त्यस समयमा थियो जस बखत उनी पुरुषको मुखबाट देवी सम्बोधन सुनेर हर्षले गद्गद हुँदैन थिइन् । बरु पुरुषका मुखले बोलेका कुरालाई कार्यरुपमा परिणत गर्नका लागि विवश पार्थिन् । २) जानेर होस् वा नजानेरै, यो संसारमा गल्ती गर्नेले दण्ड भोग्नैपर्दछ । ३) नारीका निम्ति पति परम पूजनीय व्यक्ति हो, ठूलो गुरु हो तर त्यसको अर्थ यो होइन कि नारी पुरुषकी दासी हो । सम्मान–सेवाको संस्कारले नारीलाई जति सानो र तुच्छ पार्छ त्यति अरु केहीले पार्दैन । ४) सम्मान–सेवा जस्तो कुरामा मिठास अवश्य छ तर त्यसको आडम्बर गर्दामा न त मिठास छ न त स्वाद नै । ५) क्षमाको फल के अपराधीले मात्रै पाउँछ र ? जो क्षमा गर्दछ उसलाई कहिल्यै केही मिल्दैन र ? ६) संसारमा यस्ता अपराध कम नै छन् जसलाई हामीले चाहेर पनि क्षमा गर्न सक्दैनौँ । मानसिक शान्तिका लागि क्षमा भन्दा ठूलो औषधी छैन । ७) समाजको अर्थ हो नर नारी । नर वा नारी मात्र हैन । दुवैका केही कर्तव्य छन् । आवश्यकता यस कुराको छ कि ती कर्तव्यको सम्यक रुपले प्रतिपालन हुन्छ कि हुँदैन । ८) जसले ठट्टाको उत्तर दिन सक्दैन, उसले हाँसीहाँसी कमसेकम रस लिन त सक्दछ । ९) मिथ्याको वासस्थान कहीँ छ भने त्यो हो मानवको मन । १०) एक व्यक्तिले अर्काेको मनको कुरा थाहा पाउन सक्छ भने त्यो मात्र सहानुभूति र प्रेमले, उमेर र बुद्धिले होइन । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट