अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा ६४ दिनपछि जेलबाट बाहिर आएका छन्।उनी मुम्बईको आर्थर रोडको जेलमाकरिब २ महिनादेखि बन्द थिए । १९ जुलाईमा उनलाई मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो। उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।