इटालियन सिरी ‘ए’ को शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । शीर्षस्थानमा रहेको नेपोलीेले घरेलु टोली फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै लगातार सातौ जित निकालेको हो ।जितपछि अपराजित रहेको मिलान ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एटलान्टा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।