06:20:25 pm 24-May-2022

सडकमा निर्माण सामाग्री थुपार्नाले सडक जोखिमयुक्त


सडकमा निर्माण सामाग्री थुपार्नाले सडक जोखिमयुक्त

युवापोष्ट ५, बैसाख । कानूनले आवागमनमा असर पर्ने गरी सडकमा कुनै पनि सामग्री थुपार्न प्रतिबन्ध लगाएको छ । त्यसरी जथाभावी सामग्री थुपार्नेलाई कारबाहीसमेत हुन सक्छ । तर,नगरक्षेत्रहरुमा यसरी निर्माण सामाग्रीहरु थुपारेर सवारी आवागमनलाई अवरोध गर्ने प्रचलन बसेको छ । बिशेष गरी नगर क्षेत्रका भित्री गल्लीहरुमा निर्माण सामाग्रीले साना सवारी र पैदल यात्रीहरुलाई अति नै सास्ती भएको छ । यस्ता सामाग्रीहरुले आवागमनलाई समस्या मात्र होईन । दुर्घटनाको जोखिम समेत बढाएको हाम्रो सम्बादाताहरुले बताएका छन् । यो एकल रुपमा ट्राफिक प्रहरीको मात्र कार्य होईन यसमा सर्वसाधारण र बुद्धिजिबीहरुले समेत ख्याल गर्नुपर्ने देखिन्छ ।

 क्षेत्रका विभिन्न सडक र फुटपाथमा भने आफूखुसी निर्माण सामग्री थुपार्ने प्रचल नै बसेको छ । एकदिन मात्र होइन, हप्तौं र महिनौंसम्म यसरी निर्माण सामग्री थुपारेर राखिँदा पैदल यात्रुलाई हिँड्नै अप्ठ्यारो भएको छ । त्यतिमात्र होइन, यस्ता सामग्रीले दुर्घटनाको जोखिमसमेत बढाएका छन् । कतिपय ठाउँमा यस्तै सामग्रीका कारण दुर्घटना भएका उदाहरण पनि छन् । आधुनिक सहर भनेर चिनिने धरानमा सडकमा देखिएका यस्ता कुरूप दृश्यले यहाँको आधुनिकता र सभ्यतालाई गिज्याइरहेको छ । यहाँका नागरिकको चेतनास्तर र स्थानीय तह तथा नियामक निकायको क्षमता जाँच्ने अवसर पनि दिएका छन्, यी कुरूप दृश्यले ।

स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार यस्ता सामाग्रीहरु उठाउने, जफत गर्ने यसरी अबैध रुपमा भएका निर्माणहरु भत्काउने सबै अधिकारहरु स्थानीय सरकारलाई भएता पनि यस बिषयमा अनदेखा गरिरहेको भान हुन्छ । स्थानीय स्तरमा समन्वय गर्ने, सम्झाउने बुझाउने गरे सबैले यसलाई प्राथमिकतामा राख्थे नगरप्रहरीको परीचालन पनि गरेको देखिदैन ।

आफ्नो कुनै पनि कार्यले अरूलाई असर पुर्याउँछ कि पु¥याउँदैन भन्ने कुरा त्यस्तो कार्य गर्नेले सुरुमै मनन् गर्नुपर्ने हो । सडकमा अरूलाई कष्ट हुने गरी सामान थुपार्नु सामाजिक र नैतिक हिसाबले पनि गलत हो । यसले सडकमा झनै अराजकता बढाउने निश्चित छ । त्यसैले सर्वप्रथमतः यस्ता कार्य गर्नेहरूले आफै सचेत भएर अरू कसैलाई असर नपुग्ने गरी काम गर्नुपर्छ । यदि उनीहरूले मनखुसी गरेमा स्थानीयवासी, छिमेकीहरूले सम्झाई बुझाई गरी सडकमा असर पु¥याउन दिनु हुँदैन । स्थानीयवासी पनि बेवास्ता गरेर चुपचाप बस्छन् भने सडकमा बढ्दो अराजकता रोक्नका लागि स्थानीय तहले कानूनी कारबाही गर्नुपर्छ । सडक कुनै व्यक्तिको निजी हुँदैन, यो सार्वजनिक क्षेत्र हो । यस्तो ठाउँमा अवरोध गर्नु अपराध हो । यसलाई त्यसरी नै बुझेर सम्बन्धित निकायले कारबाही गर्न ढिलाइ गर्नु हुँदैन ।

बिरगंजका नगरप्रमुख बिजय सरावागीले सडकमा निर्माण सामाग्री थुपार्नेलाई कारवाहि गर्ने घोषणा गरेपनि यसको खासै प्रभाव देखिदैन । बिरगंजका सडकमा यत्रतत्र निर्माण सामाग्रीहरु थुपारेको देख्न सकिन्छ । दाङ्गको तुलसीपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिरेन्द्र कुमार साहले यस्ता ब्यक्तिहरुलाई कार्वाही गर्ने पटक पटक सार्वजनिक सुचना प्रकाशित गरेको भए पनि त्यसबाट कसैले त्यसलाई पालन नगरेको र कार्वाही समेत गर्न नसकेको स्वीकार्नु भयो । जनकपुर उपमहानगर वडा नं. ७ का वडाध्यक्ष जानकी प्रसाद साहले यस्ता ब्यक्तिहरुलाई सम्झाउने नमाने कार्वाही गर्ने कुरा बताउनुभयो । त्यसको सुरुवात गरिसकेको समेत बताउनु भयो । तर पनि जनकपुर उपमहानगरपालिका सडक क्षेत्रमा निर्माण सामाग्रीहरुको थुप्रो देख्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी वडा नं. १ निवासी भुतपुर्व शिक्षक गोविन्द प्रसाद आचार्यका अनुसार सडकमा निर्माण सामाग्री थोपर्नेलाई स्थानीय नागरिक समाजले ठेगान लगाएकाले यहाँ यस्ता सडक क्षेत्रमा निर्माणसामाग्रीहरु देखिदैनन् । अहिले दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको बजारक्षेत्र यस्ता समस्याबाट मुक्त छ ।

धरान उपमहानगरका बिभिन्न क्षेत्रमा यस्ता समस्या यत्र तत्र प्रस्ट देखिन्छ । यसले गर्दा दुर्घटना बढेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]