युवापोष्ट १ जेठ, धनकुटा । धनकुटा जिल्ला चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य श्री सूर्यअटल मगरको विजय उत्सव मनाउने क्रममा बेहोस भएर मृत्यु भएकोछ । निर्वाचन परीणाम घोषणा भईसकेपछि खुसियाली मनाउने क्रममा निज सुर्य अटल मगर ढलेको र उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक चिरञ्चिबी दाहालले बताउनुभयो ।
हिजो आएको मत परिणाम अनुसार चौबिसे गाँउपालिका वडा नं. २ को खुला सदस्य तर्फ सर्वाधिक ७९२ मत ल्याएका थिए । निजको उमेर ५१ बर्ष रहेको थियो ।