सप्तकोशीमा पानीको वहाव उच्च, खतराको संकेत स्वरुप रातो बत्ती बालियो
पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। सप्तकोशीमा पानीको बहाब बढेर प्रति सेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव एक लाख ५० क्युसेक पानी नाघेपछि खतरा मानिने गरेको छ । वहाव उच्च भएपछि ५६ ढोका मध्ये २९ वटा मात्र ढोका खोलिएका छन्। सप्तकोसीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।