07:25:20 am 03-Jul-2022

सप्ताहमा दुई दिन बिदा एक बिष्लेषण


सप्ताहमा दुई दिन बिदा एक बिष्लेषण

तिलकराज बोगटी २४ जेठ , काठमाण्डौ ।

#साप्ताहिक_२_दिने_विदा_दिने_कारण_र_आधारको जग नै कमजोर भए सि यस्तो त हुनु नै थियो….!!

खासमा साप्ताहिक सार्बजनिक २ दिने विदाबाट हुन सक्ने उपलब्धि तथा पर्ने प्रभावको सारभुत अध्ययन र आंकलन विना, यसो परिक्षण गरि हेरौ न मात्र भनिन्छ,र आयल निगमको घाटा र विदेशी मुद्रा संचित सङ्ग मात्र जोडि सतहि, कच्चा विश्लेषण मात्र गरिन्छ भने त्यो आफैमा निर्णयका हिसाबले त्यो कच्चा निर्णय थियो।केहि समय पश्चात विना अध्ययन, विना प्रभाव मूल्याकंन सो निर्णय पुन: फिर्ता लिनु झन कच्चापन अनि बच्चापनको पराकाष्ठा हो ।

सुरुवाति दिनमा २ दिने विदा अभ्यासको परिक्षणकाल यो विदाको व्यवस्था भाईरल भयो, तर विगत झै हप्ताको कार्य घण्टा(४० घण्टा) नघटेको अनि शुक्रबार समेत सेवा प्रवाह समय ९:३० देखि ५:३० नै रहेको सूचना सेवाग्राहीमा सकारात्मक रुपले सम्प्रेषण हुन सकेन ।

यसबाट पर्ने बहुआयामिक क्षेत्रको बहुआयामिक प्रभाव/कार्यान्वयन जटिलताको अध्ययन,अनुसन्धान,बहस,छ्लफल तथा उपलब्धि सुचक(मौद्रिक/गैर मौद्रिक)को तथ्यपरक वैज्ञानिक विश्लेषण विना फेरि २ दिने विदाको विदा गर्न बहस गर्नु,हटाउन खोज्नु गल्ति माथिको तान्डब हो।

यो त, हिजो गरेको विहे ठिक भएन,भोलि पल्टै भो सम्बन्ध विच्छेद गरम भने जस्तै भो!!हरेक चिजको आफ्नै लय हुन्छ, आफ्नै गति हुन्छ, त्यो गतिको उपलब्धी देखिने आफ्नै नियम हुन्छ, समय र उपलब्धि प्रभावको आफ्नै Graph हुन्छ,जसका लागि हामीले त्यसमाथी केहि काम गर्नुपर्छ,केहि अभ्यास गर्नुपर्छ,केहि धैर्य गर्नु पर्छ।

नतिजा तात्तातै आउने चिज पनि हैन ,यदि आउँछ भने त्यसको कित त्यो सकारात्मक हुदैन कि त दीर्घकालीन हुदैन, घर बनाउन समय लाग्ने तर भत्काउन समय नलागे जस्तै। बच्चा जन्माउन त ९ महिना पर्खनु पर्छ त्यो पनि प्रसब पिडा सङ्गै, भने पछि, यो त प्रणाली व्यवस्थित गर्नुपर्ने कुरा छ, नतिजा स्थापित गर्नु पर्ने कुरा छ।विदाको औचित्यपूर्ण अभ्यास र व्यवस्थापन गर्नुपर्ने छ।

के हाम्रो नितिगत अभ्यास यसै गरि थुक्दै र चाट्दै गर्नलाई मात्रै हुन, के दुई दिन पछिको दुरदर्शिता पनि हामी सङ्ग छैन।अहिलेलाई यति भने, बहुआयामिक हिसाबले यसका अनगिन्ति फाईदाहरु छ्न,बरु अलि चुनौति भनेको शिक्षा र स्वास्थ क्षेत्रको विदा व्यवस्थापनको हो, विशेष यि संवेदनशिल क्षेत्रमा सेवा र विदा सन्तुलनविचको सन्तुलन र नतिजामुलक व्यवस्थापन माथी हामिले काम गर्नु पर्छ।परिक्षणकाल भनेको समयकालले आफैले आफैलाई परिक्षण गर्ने भनेको होईन, केवल “पर्ख र हेर” को अवस्था पनि हैन यो। यो त २ दिने विदा माथी अध्ययन गर्न,बहुआयामिक प्रभाव विश्लेषण गर्ने समय हो।जिम्मेवार निकायले यस वारे गृहकार्यमा समय दिने समय हो,यसका लाभ र प्रभावका तथ्य तथ्यांकहरु उत्खनन गर्ने समय हो।र सो को औचित्य पुस्ट्याई गर्दै सो को लाभको वितरण र अनुभुति दिलाउने हो।

नत्र हामीले आफै व्यवस्थापन गर्न नसक्ने अनि आफ्नो कमजोरी ढाक छोप गर्न २ दिने विदा हटाईदिउ/फाल्दिउ/पहिले पनि गरेकै हो भएन,अहिले पनि काम लागेन भन्नु आफैमा लज्जाको विषय हो।भवनलाई रङ्ग रोहन अनि स्याहर सुसार गर्न नसक्ने अनि भवनै भत्काई दिउ भन्ने, यो हाम्रो २ घण्टे दुरदर्शिता र राज्य/प्रशासनको घरकुटि खेलले हामीलाई कहि पुर्‍याउदैन! आज यो व्यवस्था राखे नि,भोलि हटाएनि,पर्सि राखेर निकपर्सि फेरि हटाएनी ल ठिकै छ यो हाम्रो घरको कथा यस्तै हो कहिले फेरिन्छ थाहा हुदैन भनौला तर यो मुलुक भित्र/बाहिर केवल हाम्रो मात्र अस्तित्व छैन।अन्तर्राष्ट्रिय नियोग,निकाय,बासिन्दा,विकासका साझेदार को पनि अवस्थिति छ।तिनले पनि हाम्रा नितिगत गतिविधि क्रियाकलाप नियाल्छ्न,अपरिपक्कता मजाले चियाउंछ्न। अनि उनिहरुले हामीलाई दिने value भनेको उहि हाम्रो हैसियत अनुसारकै हो।

………!!

ILO का विभिन्न महासन्धि, Hours of work convension-1919, hours of work convension -1930, 40 week convension-1935,Reduction of hours of work recommendation-1962,weekly rest convension-1921 आदि विश्व सन्धि सम्झौताले समेत विदाको अधिकारको पक्षपोषण र वकालत गरेको पाईन्छ।

तथ्यांकीय हिसाबले हेर्ने हो भने हाल विश्वमा १२७ मुलुक मध्य ११६(८८%),एशियाका ४३ मुलक मध्य ३८ मुलुकमा २ देखि ३ दिन सार्बजनिक बिदा गरेको सफल अभ्यास छ।हाम्रै SAARC राष्ट्रहरुमा समेत यस अभ्यासमा अभ्यस्त भैसकेका छन।

वास्तवमा विदा भनेको राज्यको न दया दान हो न कर्मचारीको मोजमस्तिको अमृतपान । यो त नियमित ४० घण्टे काम खटाई पश्चातको ब्रेक हो।शारीरिक उर्जाको Recharge गर्ने अवस्था हो।मानसिक हिसाबले केहि Innovative,केहि Creative हिसाबले सोच्ने समय पनि हो।Work Life Balance गर्ने समय हो । आफ्नाहरुलाई अपनत्व र साथको अनुभुति दिलाउने विशेष समय हो यो।साथीभाई छरछिमेकलाई आफ्नो अस्तित्व छ्दै छ है भनि उपस्थित साथ प्रमाण दिने समय हो।प्रणालीले जनशक्ति र संयन्त्रलाई केवल यन्त्र बनाउने भुल गर्न हुदैन। कर्मचारी केवल आफिसको कर्मचारी मात्र हैन, उ घरको अभिभावक हो,समाजको सदस्य पनि हो उसका पनि समाज प्रति केहि सामाजिक जिम्मेवारी हुन्छ्न।कार्यालाय मात्र बनाउने हैन घर, परिवार,सामाजिक व्यवहार संतुलन गर्नुपर्ने नैतिक दायित्व समेत हुन्छन।

विदा भनेको केवल काम पश्चातको विश्राम हो,आराम हो भनेर मात्र यसलाई साघुरो हिसाबले परिभाषित गरिनु न्यायोचित हुदैन।यो त औद्योगिक क्रान्ति संगै उदय भनेको नैसर्गिक अधिकार जस्तै हो।परम्परागत रुपमा धार्मिक आयाम मात्र जोडियको विदाको प्रथा अहिले आएर जनशक्ति/मानवपुंजिलाई थप शसक्त बनाउने,तिखार्ने,शरिरलाई आराम साथै दिमागलाई Creative ,innovative हुन समय दिने समय हो विदा।

यसका अलावा २ दिने सार्बजनिक विदाको सदुपयोग र उचित व्यवस्थापनबाट तपशिलका बहुआयामिक फाईदाहरु समेत रहने गर्दछ्न।

प्रशासन :

-प्रति दिनको सेवा प्रवाहको कार्यघण्टामा वृद्धि

-शुक्रवार समेत ९:३०-५:३० समय सम्म सेवा प्राप्ति

-सेवा प्रवाहमा उर्जाशिल र उत्प्रेरित कर्मचारी

आर्थिक:

-सवारी साधनमा लाग्ने ईन्धन खपत कटौति,

-व्यापार,व्यवसाय तथा पर्यटन क्षेत्रमा आर्थिक क्रियाकलापमा बढोत्तरी

-खानेपानी,फोहरमैला व्यवस्थापनमा सहयोग

-विधुत उर्जालाई उधाेग तर्फ Divert गरि उर्जा सदुपयोग र उत्पादनमा वृद्धि

-लघु उद्दमशिलताको अवसर

न्यायिक:

-घरको काममा हातेमालो वा लैङ्गिक समानत सृजनामा सहयोग।

-बाल बालिकाको आमा-बाबुसङ्ग बस्न पाउने बाल अधिकारको सम्मान

-आफ्नो बाबु आमा वा परिवार बाट संरक्षण,हेरचाह,माया पाउने अधिकारको सम्मान

-पारिवारिक मिलनको अधिकारको सम्मान।

व्यैयत्तिक:

-Opportunity of Capacity development

-Opportunity of personality development

-Opportunity for creativity and innovation

-Work life balance

-Family and social life balance

संबेगात्मक:

-मानसिक सन्तुष्टि र खुसि

-काम/जिम्मेवारी प्रतिको सकारात्मक दृष्टिकोण निर्माण

-पारिवारिक साथ,माया प्रेम

-आफन्तजन तथा साथी सर्कलमा आत्मियता।

वातावरणीय:

-जैविक इन्धनबाटको कार्बनमोनोअक्साईड,कार्बनडाई अक्साई जस्ता कार्बनजन्य ग्यासको उत्सर्जनमा अलिकति भए पनि कटौति

ध्वनि पदूषणमा न्यूनीकरण

अन्य:

-शहरीक्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग

-सेवा प्रदायक र सेवाग्राहीको समानान्तर व्यवस्थित दैनिकि।

यि विविध अनगिन्ति फाईदाहरु माझ हामीले काम गर्नु पर्ने चुनौतिका क्षेत्रहरू नभएका हैनन तर स्वास्थ/अस्पताल ,शिक्षा/पढाई व्यवस्थापन

दैनिक ज्यालादारीको ज्याला आदिमा झन सबेदनशिल भएर रणनीतिक उपाय निकाल्नुपर्ने ठाउँमा नरहेगा बास न बजेगा बासुरी झै व्यवस्थापकीय जिम्मेवारीबाट टाढा हुदै विना अध्ययन विना कुनै विश्लेषण ,विना कुनै मुल्यांकन २ दिने विदा हटाउनु दु:खद !!

…..हाम्रो दुरदर्शिताको जय होस।🙏

(लेखक आन्तरिक राजस्व कार्यालय, पुतलिसडकका कर अधिकृत हुनुहुन्छ ।)

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]