09:38:19 pm 23-May-2022

सम्पर्कमा नआएका १३ प्रहरी विरुद्ध प्रधान कार्यालयले जारी गर्‍यो सात दिने सूचना,सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी


सम्पर्कमा नआएका १३ प्रहरी विरुद्ध प्रधान कार्यालयले जारी गर्‍यो सात दिने सूचना,सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

युवा पोस्ट, माघ १०, २०७८, सोमबार ,

जनताको सेवा गर्ने नेपाल प्रहरीका केही अधिकारीहरु नै सम्पर्क विहिन भएपछि प्रहरी कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ ।नेपाल प्रहरीका दुईजना प्रहरी हबल्दार र ११ जना प्रहरी जवान सम्पर्कविहीन भएका छन् । कार्यालयको सम्पर्कमा नआएका प्रहरीलाई सात दिनभित्रमा सम्पर्कमा आउन आज एक सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई स्पष्टिकरणसहित सम्पर्कमा आउन आग्रह गरेको छ । उनीहरू सबैलाई आजको मितिबाट सात दिनभित्रमा सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।


सम्पर्कमा नरहेकाहरूमा प्रहरी हबल्दारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा दरबन्दी भएका जाजरकोट नलगाड नगरपालिका–७ का दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा कार्यरत दार्चुलाको महाकाली नगरपालिका-१ का मंगल सिंह कुँवर छन् ।त्यस्तै, प्रहरी जवान विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी र दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]