सरकारले २८ प्रतिशत बढायो लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा दर
सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो । जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ ।