चार पटकको च्याम्पियन्स लिग विजेता ,स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा फ्रि एजेन्टमार्फत २ वर्षको लागि क्लबमामा अनुबन्धित भएका छन् । पीएसजीले आज रामोसलाई क्लबमा सार्वजनिक गरेका छन् ।उनले ४ नम्वर जर्सीबाटै आफुले खेल करियर शुरु गरेको र यो जीवनभर साथ रहेको बताउँदै उनले पीएसजीमा आफ्नो परम्परागत ४ नम्वरको जर्सी लगाउने जनाएका छन् ।