बुधबार शेयर बजारमा उत्साह देखिएको छ ।नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदा कारोबार रकममा पनि क्रमशः सुधार देखिएको छ ।नेप्सेमा कारोबार हुने सबै समूहका सूचकमा हरियाली छाएको छ ।साताको चौथो कारोबार दिन नेप्से परिसूचक ६८ दशमलब ४७ अकंले बढोत्तरी भएर २ हजार ६ सय ८१ दशमलब १० बिन्दुमा उक्लीएर बन्द भएको हो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । बुधबार आज ४ अर्ब ५० करोड भन्दा धेरैको शेयर कारोबार भएको छ ।