नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन १गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ % सम्म उच्चब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग ,मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ । यसका साथै बचत खातामा ५% सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाखसम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकलबीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्चर रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदानगरिने छ ।