सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै ९१ लाख ९६ हजार ३८० कित्ताका लागि पर्यो आवेदन
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने पहिलो दिन अर्थात आज बुधबार नै सम्पूर्ण आईपीओ विक्री भएको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको मध्ये पहिलो दिन आज नै ९१ लाख ९६ हजार ३८० कित्ता को लागी आवेदन परेको छ ।
प्रति शेयर रु.१०० अंकित दरले ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि थप ५ प्रतिशत शेयर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । उक्त आईपीओमा आवेदकले न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।