सार्वजनिक संस्थानहरुलाई नाफामूलक बनाउनका लागि नीतिगत तयारी गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको समन्वय महाशाखाको ब्रिफिङ वित्तीय व्यवस्थापन तथा संस्थान लिने क्रममा नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । नेपाल सरकारको ६०० अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरुले ३० हजार रोजगारी पनि सृजना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको भन्र्दैउनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् ।