05:58:51 pm 25-May-2022

सिद्धार्थ बैंकको ५-१०-१५ क्यासब्याक योजना


सिद्धार्थ बैंकको ५-१०-१५ क्यासब्याक योजना

युवा पोस्ट, पौष ८ ,२०७८,

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधा तथा ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले

१. पाचौँ कारोबार रकमको ५५ (अधिकतम रु १००),
२. दसौँ कारोबार रकमको १०५ (अधिकतम रु १५०) र
३. पन्ध्रौं कारोबार रकमको १५५ (अधिकतम रु २५०) नगद क्यास ब्याक पाउन सक्नुहुनेछ ।

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंक ले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न समयमा यस्ता योजनाहरु ल्याउने क्रममा ग्राहकहरुको उत्साहजनक सहभागिता रहँदै आएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]