सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकद्वारा राजीनामा घोषणा
युवा पोस्ट,पौष १९ , २०७८, सोमबार,
सुडानका प्रधानमन्त्री, अब्दुल्ला हमदुकले सेनासँग एउटा विवादास्पद सम्झौता गरे पछि सैन्य विद्रोहमा अपदस्थ गरिएका थिए तर एक महिना अघि पुनर्स्थापित गरिएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गरेका छन्।
उत्तरपूर्वी अफ्रिकी राष्ट्रमा व्यापक विरोध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री अब्दुल्ला हमदुकको यो निर्णय आएको हो। प्रदर्शनकारीहरूले भने उक्त सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन्। गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी एउटा सम्झौता पश्चात् पदमा उनको पुनर्बहाली गरिएको थियो ।