07:45:23 pm 23-May-2022

सुनामी प्रभावित टोंगा टापुहरूमा ठूलो क्षति,हजार मानिस प्रभावित


सुनामी प्रभावित टोंगा टापुहरूमा ठूलो क्षति,हजार मानिस प्रभावित

युवा पोस्ट, माघ ५, २०७८, बुधबार ,

टोङ्गामा विस्फोट भएको शक्तिशाली ज्वालामुखी र त्यसले उत्पन्न गराएको सुनामीले प्रशान्त महासागरको उक्त टापुराष्ट्रमा ठूला क्षतिहरू भएका छन्।सुनामी र समुद्रमा ज्वालामुखी विष्फोटले टोंगाका साना बाहिरी टापुहरूमा व्यापक क्षति पुर्याएको छ। एक टोङ्गन कुटनीतिज्ञले मंगलबार सुनामीले पूरै गाउँ ध्वस्त भएको र धेरै भवनमा क्षति पुगेको बताएका छन् । हालसम्म, कुनै पनि मृत्युको आधिकारिक पुष्टि छैन। ज्वालामुखी विष्फोटका कारण समुद्रमा १५ देखि ३० फिट अग्लो छाल उठेको टोङ्गन नौसेनाले जनाएको छ । यसको विस्फोटको आवाज न्यूजिल्याण्डमा २ हजार ३ सय किलोमिटर टाढासम्म सुनिएको थियो । नजिकैको हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाई ज्वालामुखी विस्फोट भएपछि उत्पन्न सुनामी टापुमा ब्रजिँदा त्यस्तो क्षति भएको ठानिएको छ। सुनामीका कारण टोङ्गामा झन्डै ८० हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]