07:14:32 pm 24-May-2022

सुन्दरहरैचा नपा मेयरमा रोचक भिडन्त


सुन्दरहरैचा नपा मेयरमा रोचक भिडन्त

युवापोष्ट, १३ बैसाख। आगामी बैसाख ३० मा हुन गईरहेको स्थानीय निर्वाचनमा केही रोचक प्रसंगहरु रहेका छन् । मोरङ्गको बिराटनगर महानगर पछि सबैभन्दा बढि मतदाता भएको सुन्दरहरैचा नगरपालिकाको मेयर पदका प्रत्यासीहरु २०७४ सालका स्थानीय निर्वाचनका प्रमुख प्रतिस्प्रर्धीहरु दोहोरिएका छन् । जसमा निवर्तमान मेयर तथा नेपाली कांग्रेसका प्रत्यासी उमेद्वार शिव प्रसाद ढकाल र तत्कालिन प्रमुख प्रतिस्पर्धी केदार पौडेल रहेका छन् । त्यतिखेर तत्कालिन नेकपा एमालेको आन्तरिक गुट कलहको परिणाम शिव प्रसाद ढकालले प्राप्त गरेको आंकलन गरिएको थियो । हाल आफ्नो ५ बर्षे कार्यकालको परीक्षण जनताले सफलतापूर्वक गर्ने कुरामा निबर्तमान मेयर ढुक्क देखिन्छन् भने अर्का प्रत्यासी केदार पौडेल भने जनताले वास्तबिक रुपमा नै आफुँलाई चुन्ने कुरामा बिश्वस्त देखिन्छन् । स्वतन्त्र उमेद्वारको रुपमा पहिचान बनाउँदै मनोनयनमा पहिलो उमेद्वार बनेका डा. प्रकाश भट्टराई बिदेश र स्वदेशमा शान्ति र विकाशमा आफ्नो विज्ञता देखाउँदै स्थानीय तहमा आफ्नो बिज्ञता उपयोग हुन सके बिकाशको मोडल प्रस्तुत गर्न सक्ने बिचार राख्दै स्थानीय जनताको जनमत आफु प्रति अत्याधिक रहेको बताउँदै जित सुनिश्चित रहेको बताउँछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]