बलिउड अभिनेता अक्षय कुमारद्धारा अभिनित फिल्म (सूर्यवंशी) दर्शकले अब नेटफ्लिक्समा पनि हेर्न सक्ने भएका छन् । ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। रोहित सेट्टीद्धारा निर्देशित फिल्म (सूर्यवंशी) ले आक्रामक व्यापार गर्न सफल भएपछि नेटफ्लिक्सले १०० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो। कोरोनापछि ओटीटी प्ल्याटफर्ममा पहिलो पटक सूर्यवंशीलाई ठूलो रकम तिरिएको हो । यो फिल्म नेटफ्लिक्समा ४ डिसेम्बरमा रिलिज हुदैछ।