युवा पोस्ट, माघ ५, २०७८, बुधबार , ह्यामवर्गमा बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको सेन्ट पाउलीसँग स्तब्ध हुँदै साविक विजेता तथा जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।खेलको चौथो मिनेटमा नै इटिनी एमेनयिडोले गोलबाट सेन्ट पाउलीले घरेलु मैदानमा अग्रता लिन सफल भएको थियो । ४०औं मिेनेटमा एक्सेल विस्टेलले आत्मघाती गोल गरेपछि घरेलु टोली पहिलो हाफमै २–० ले अघि बढ्दै खेल जित्न सफल भएको हो ।