01:54:38 pm 19-Aug-2022

सेयर बजारमा उत्साह ५७ अंक बढ्यो नेप्से, साढे अर्बको कारोबार

सेयर बजारमा उत्साह ५७ अंक बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

युवापोष्ट, १९ असार काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । यसरी बढ्दा  नेप्से परिसूचक २०८६ अंकमा पुगेको छ । आज  कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो । जम्मा ६२ लाख कित्ता, ४५ हजार ट्रान्जेक्सन र २३१ स्कृप्टको सेयर खरिद विक्री भयो । आज मात्र बजारबाट लगानी कर्ताले १ अरब भन्दा बढि कमाएका छन् । बजारका सबै सूचक बढेका छन् ।

बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह सूचक १७४ अंक बढे । कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रह्यो । साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे । सर्वाधिक रुपमा ङादी ग्रुप पावर लिमिटेड(NGPL) का लगानी कर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

सम्बन्धित समाचारहरु​

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]