09:25:51 pm 23-May-2022

सेयर बजार भारी अंकले वृद्धि,सकारात्मक सर्किट लागेर आजका लागि कारोबार बन्द


सेयर बजार भारी अंकले वृद्धि,सकारात्मक सर्किट लागेर आजका लागि कारोबार बन्द

युवा पोस्ट, मंसिर २८ ,२०७८,

साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार शुरू भएको साढे दुई घण्टामै उच्च अङ्कको वृद्धि भएपछि १ः२६ मिनेटमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । यो सँगै बजार १३७.१८ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार चार सय १८.८५ को विन्दुमा उक्लिएर बन्द भएको छ। कारोबार रकम पनि एक अर्ब ८४ करोड रुपैयाँको हाराहारीमा भएको छ। सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।सोही अनुरुप आज १२ बजेर ३८ मिनेट जाँदा बजार ५ दशमलव १ प्रतिशतले बढे पछि ४० मिनेटका लागि स्थगित गरिएको थियो। दिउँसो १ बजेर १८ मिनेटमा बजार पुःन खुलेको थियो। बजार खुल्दा ६ दशमलव १ प्रतिशतले नेप्से बढेपछि डेढ घण्टा अगावै बजार बन्द गरिएको हो।

कारोबारमा आएका २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर १ अर्ब ८४ करोड ४२ लाख २६ लाख ४७ हजार १४४ रुपैयाँमा खरिदबिक्री भयो। वित्त समूहको सर्वाधिक ८.६२ प्रतिशतले सेयर मूल्य बढेको छ। यस्तै व्यापारको ८, लगानीको ८, जलविद्युतको ७.८४ र अन्यको ७.२३ प्रतिशतले बढेको छ। बाँकी अन्य समूहको पनि मूल्य वृद्धि भएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]