जेठ १५ गते बजेट पेश गरिएता पनि साउन १ बाट कार्यान्वयनमा जाने प्रक्रिया अनुरुप आजदेखि चालु आर्थिक वर्ष २०७८/ ७९ को बजेट स्वतः कार्यान्वयनमा गएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताको लागी पुँजीगत लाभकरको व्यवस्थामा समान्य परिवर्तन गरेको छ । जसअनुसार अल्पकालीन कारोबार गर्ने र दीर्घकालीन कारोबार गर्नेलाइृ फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको तर अब आएको यो नयाँ व्यवस्था अनुसार एक वर्षभन्दा कम अवधिको लगानीकर्ताले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्ने भएको छ ।