मल्यालम चलचित्र (ड्राइभिङ लाइसेन्स)को आधिकारिक रिमेक सेल्फी,राज मेहताको निर्देशनमा बन्ने भएको छ ।सो चलचित्रमा पहिलो पटक बलिउड अभिनेता अक्षय कुमार र इमरान हाश्मी एकसाथ देखिने भएका छन् । सन् २०१९ मा रिलिज भएको ड्राइभिङ लाइसेन्स निकै चर्चित भएको थियो । फिल्म एक सुपरस्टार र मोटर वाहन इन्स्पेक्टरको बारेमा छ ।