07:26:19 am 03-Jul-2022

स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको अवस्था के छ अग्रता ?


स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको अवस्था के छ अग्रता ?

युवापोष्ट २ जेठ, काठमाडौं । यस पटकको स्थानीय निर्वाचनको मतगणना भइरहेको छ । जसमध्ये दाङ्ग उपमहानगरमा उमेद्वारको निधनका कारण निर्वाचन स्थगित भएको र १० उपमहानगरपालिकामध्ये ४ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले २ वटामा, नेकपा माओवादी केन्द्रले र  नेकपा एकीकृत समाजवादीले एक-एक वटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।

देशभरका ११ उपमहानगरमध्ये दाङको तुल्सीपुर उपमहानगरपालिकामा उम्मेदवारको मृत्यु भएका कारण चुनाव रोकिएको थियो ।

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ । बुटवल  उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डे ५ हजार ५५ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईको मत ३ हजार ७४१ मात्रै छ । अहिले सम्म मतान्तर १३१४ रहेको छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी सविता अर्यालले २१३१ मत ल्याएर अग्रस्थानमा रहेकी छन् । भने गठबन्धनबाट नेकपा समाजवादीका चिन बहादुर गरुङ्गले १७६६ मत मात्र प्राप्त गरेका छन् ।

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ४ हजार १६८ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले ३ हजार १५३ मत पाएका छन् यसरी यिनीहरुको मतान्तर १०१५ रहेको छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी संगिता कुमारी चौधरीले ३४८९ मत प्राप्त गरेर अग्रस्थानमा रहेकी छन् भने नेकपा समाजवादीका केशव कुमार बिष्टले २५९७ मत ल्याएर पछ्याउने कोशिस गर्दैछन् ।

धरान उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका किशोर राईले ३६४५ मत पाएका छन् ।  स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई उछिन्दै नेकपा एमालेकी प्रत्यासी तथा निवर्तमान उपमेयर समेत रहेकी २८९५ मत पाएकी छिन् । त्यसै गरी उपप्रमुखमा नेकपा माओवादीका अईन्द्र विक्रम बेघाले ३९८३ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकपा एमालेका पदम प्रसाद लिम्बुले ३४८५ मत ल्याएर पछ्याईरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्टले ५३२५ मतसहित अग्रता बनाएका छन् । एमालेका पशुपति दयाल मिश्राले २१८१ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा जनता समाजवादिका कुमारुद्धिन राई ले ४०२० मत ल्याएर अग्रस्थानमा रहेका छन्  भने राप्रपाकी विन्दु घर्ति मगरले २५४२ मत ल्याएर पछ्याईरहेकी छन् ।

घोराही उपमहानगरपालिकामा मत गणनाले गति लिएको छ । मेयरमा जसमा नेकपा एमालेका नरुलाल चौधरीले १३००१ मत ल्याएर ओवादी केन्द्रका हेमराज शर्माको भन्दा १७२६ मतको अग्रता लिएका छन् । यस अघिको गणनामा हेमराज शर्मा अगाडी रहेका थिए । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी हुमा कुमारी डिसीले १२५२२ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका भुप बहादुर डाँगीले १२४५० मत ल्याएर कडा टक्कर दिईरहेका छन् । यिनीहरु बिच मात्र ७२ मतको फरक रहेको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयर पदमा पनि माओवादीका राजन पौडेलले ८१७६ मत ल्याएर अग्रता कायम गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी सरस्वतीदेवी चौधरीले ५८६१ मत पाएकी छिन् ।  त्यसैगरी उपमेयर पदमा नेपाली कांग्रेसका मेघा साहीले ७०९४ मत ल्याएका छन् भने  नेकपा एमालेका भोला प्रसाद अधिकारीले ६२२७ मत ल्याएर पछ्याईरहेका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्रता लिएका छन् । उनले ५४३८ मतसहित अग्रता लएका हुन् । हमालका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वड २४२८ मत पाएका छन् । त्यसैगरी उपमेयर पदमा नेकपा माओबादीका शान्ति कुमारी अधिकारीले २१३८ मत पाएकी छन् भने नेकपा एमालेकी कन्दाकला कुमारी रानाले १९३८ मत सहित कडा टक्कर दिईरहेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पनि मेयर पदमा  स्वतन्त्र उम्मेदवारकै अग्रता छ । नेपाली कांग्रेसले गठबन्धन गरी उमेद्वारी नदिए पछि नेपाली कांग्रेसकै कार्यकर्ताद्वारा स्वतन्त्र उमेद्वारी दिईएको हो ।  स्वतन्त्र उम्मेदवार मनोज कुमार सुडीले २४७७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका शिव शंकर साहले १०७७ मत पाएका छन् । त्यसैगरी उपमेयर पदमा नेपाली कांग्रेसका किशोरी साहले २३५५ मत सहित अग्रस्थानमा रहेकाछन्  भने नेकपा एमालेकी रुनादेवी झाले ११६४ मत प्राप्त गरेकी छन् । किशोरी साहले झण्डै प्रतिद्वन्दीको भन्दा दोब्बर मत प्राप्त गरेका छन् ।

बाराको कलैयामा भने मेयर पदमा  नेकपा एमाले अघि छ । एमालेका विनोदप्रसाद साह ४२७९ मतसहित पहिलो स्थानमा छन् । उनीभन्दा पछि रहेका कांग्रेसका राजेश राय यादवले २५८२ मत पाएका छन् । त्यसैगरी उपमेयरमा  जनता समाजवादी पार्टीका प्रमोद प्रसाद गुप्ताले ३३४० मत ल्याएर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेकी रौसान परविनले २७६० मत प्राप्त गरेकी छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीकी मिना लामा अघि छिन् । लामाले ४०४५ मत पाएकी छन् । मिनालाई कडा टक्कर दिईरहेका दिपक बहादुर सिंहले ३९०० मत ल्याएका छन् । यस अघि अनन्त प्रसाद पौडेलले मिना लामालाई  पछ्याइरहेका थिए पौडेलले ३४७२ मत प्राप्त गरेका छन् । त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाले ४४२१ र नेकपा एमालेकी सुमित्रा काफ्लेले ३२९५ मत ल्याएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]