इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा स्पेनलाई ४/२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज राती हुनेछ ।