स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड शीर्ष चारमा उक्लियो
युवा पोस्ट,पौष १९ , २०७८, सोमबार, आइतबार राति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एन्जल कोरेआले दुई गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सहज जित निकाल्दै शीर्ष चारमा उक्लिन सफल भएको छ । एट्लेटिकोले रायो भालेकानोलाई २–० ले हराएको हो । जितसँगै एट्लेटिको १९ खेलबाट ३२ अंक जोडेर शीर्ष चारमा उक्लिन सफल भएको छ । पराजित भालेकानो ३० अंकसहित छैटौ स्थानमा छ ।