स्पेनी टापुमा ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस प्रभावित
स्पेनको ला पाल्मा टापुमा कुम्ब्रे भिएखा ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस प्रभावित भएका छन्। ती टापुमा भएका गाउँबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । कुम्ब्रे भिएखा ज्वालामुखीबाट निस्किएको लाभाले सैयौं घरमा क्षति पुगेको छ । केही दिनअघि भूकम्प आएपछि यो आइतवारदेखि उक्त ज्वालामुखी सक्रिय भई लाभा बग्न थालेको हो। कनेरीज क्षेत्रमा अवस्थित यो टापुमा ज्वलामुखी आउनु नौलो कुरा भने हैन । यो ज्वालामुखी सन् १९७१ मा पनि गएको बताईन्छ । ठुलो बिनास भएपनि त्यस ठाउँको मानिस हताहत भएको भने खबर आएको छैन । समुद्रको पानीमा लाभा पुगेपछि रासायनिक प्रतिक्रिया हुने र त्यसबाट थप विस्फोटन हुने अनि विषाक्त ग्यास निस्किने चेतावनी स्थानीय अधिकारीहरूले दिएका छन्।