महिलाहरूले महिनावारीका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् ।विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै उद्योगी र व्यापारीले प्याड र डाइपरको मूल्य बढाएपछि युवायुवती प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ? भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका छन् ।