स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घन्टामै दिइन् राजीनामा
युवा पोस्ट, मंसिर ९,२०७८, स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा हिजो नियुक्त हुनुभएको , स्वीडेनकी नवनियुक्त प्रधानमन्त्री म्याग्डलेना यान्डरसनले नियुक्त भएको केही घण्टामै राजीनामा दिनुभएको छ । उहाँको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि म्याग्डलेना राजीनामा दिनुभएको हो ,जसका कारण हिजो बजेट पारित हुन सकेन । उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ। स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन प्रधानमन्त्रीमा नियुक्त भएकि थिइन।