07:40:14 am 25-May-2022

हङकङ: लोकतन्त्र समर्थकमाथि चीनको कारबाही, ‘स्ट्यान्ड न्यूज’ वेबसाइट बन्द, ७ सञ्चारकर्मी पक्राउ


हङकङ: लोकतन्त्र समर्थकमाथि चीनको कारबाही, ‘स्ट्यान्ड न्यूज’ वेबसाइट बन्द, ७ सञ्चारकर्मी पक्राउ

युवा पोस्ट,पौष १५, २०७८, बिहिवार,
लोकतन्त्रका समर्थकहरूमाथि चीनको दमन जारी छ । पछिल्लो घटनामा लोकतन्त्र समर्थित वेबसाइट ‘स्ट्यान्ड न्यूज’को कार्यालयमा छापा मारेर वेबसाइट बन्द गरिएको छ । स्ट्यान्ड न्यूजका पूर्व सम्पादक र वर्तमान सम्पादकसहित चार महिलासहित सात जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै संस्थाको सम्पत्ति पनि जफत गरिएको छ । गिरफ्तार गरिएका अधिकारीहरूमा प्रधान सम्पादक चुङ पुई-कुएन र प्याट्रिक लाम, गायक र कार्यकर्ता डेनिस र पूर्व सांसद मार्गरेट एनगो थिए । ‘साउथ चाइना मर्निङ पोस्ट’ को रिपोर्टका अनुसार ‘देशद्रोह र उत्तेजक’ सम्बन्धी सामग्री प्रकाशित गरेको आरोपमा यो कारबाही गरिएको प्रशासनको दाबी छ । प्रहरी प्रमुख जोन लीले बुधबार दिउँसो पत्रकार सम्मेलनमा पत्रकारितालाई सुरक्षाविरुद्ध हतियारका रूपमा प्रयोग गर्न नसकिने बताए । छापा मार्दा दुई सयभन्दा बढी प्रहरी उपस्थित रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]