07:13:54 am 25-May-2022

हरियो खुर्सानीको प्रभावकारीता : मोटोपना, दुखाइ र तनावलाई दिन्छ राहत , जान्नुहोस् अरु के के छन् यसको फाइदा


हरियो खुर्सानीको प्रभावकारीता : मोटोपना, दुखाइ र तनावलाई दिन्छ राहत , जान्नुहोस् अरु के के छन् यसको फाइदा

युवा पोस्ट, माघ १०, २०७८, सोमबार ,

हरियो खुर्सानीलाई खानाको स्वाद बढाउन प्रयोग गरिन्छ तर हामी मध्ये कमैलाई मात्र थमहम होला कि यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । हरियो खुर्सानीमा भिटामिन ए, भिटामिन सी, पोटासियम, आइरन र म्याग्नेसियम जस्ता पोषक तत्व पाइन्छ । यस्ता धेरै अनुसन्धान भएका छन्, जसमा यो कुरा बाहिर आएको छ किहरियो खुर्सानीको उचित मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । आयुर्वेदिक डा. श्रीललिता अविनाशले आफ्नो आहारमा हरियो खुर्सानी समावेश गर्नुका धेरै फाइदाहरु बताएका छन् । आउनुहोस् हामी पनि जानौं किन खानुपर्छ हरियो खुर्सानी ?

इम्युनिटी बढाउँछ – नेशनल सेन्टर फर बायोटेक्नोलोजीमा प्रकाशित एक शोध पत्रले खानामा हरियो खुर्सानी थप्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरा पत्ता लागेको छ। सामान्यतया रुघाखोकी सामान्य रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने गर्दछ । यस्तो अवस्थामा हरियो खुर्सानीको सेवन लाभदायी साबित हुन्छ ।
मधुमेहमा प्रभावकारी – रगतमा ग्लुकोजको मात्रा बढेपछि मधुमेहको समस्या हुन्छ । हरियो खुर्सानीमा क्याप्साइसिन पाइन्छ जसमा मधुमेह प्रतिरोधी गुण हुन्छ ।
तौल कम हुन्छ – हरियो खुर्सानीको नियमित प्रयोग गर्नाले तौल पनि कम हुन्छ । खुर्सानीले मेटाबोलिजमलाई सन्तुलित राख्छ, जसले गर्दा खाना राम्रोसँग पचिन्छ र तौल पनि नियन्त्रणमा रहन्छ ।

छाला जवान रहन्छ – यसमा पाइने भिटामिन–सी र बिटा केराटिनले छालालाई जवान राख्न पनि मद्दत गर्छ ।
स्ट्रेसबाट छुटकारा मिल्छ – हरियो खुर्सानीमा एन्डोर्फिन पाइन्छ । रिलिज पछि मूड राम्रो रहन्छ। मानिस स्वस्थ र खुसी महसुस गर्छ।

दुखाइमा राहत मिल्छ – यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले शरीरमा हुने दुखाइलाई कम गर्छ । यसको सेवनले शरीरमा उत्पन्न हुने गर्मीले दुखाईबाट आराम मिल्छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]