हिन्दी गीतको बोलमा ओठ चलाएर टिकटकमा भाइरल दाजुबहिनी
युवा पोस्ट,पौष १३, २०७८ ,
हिन्दी गीतको बोलमा लिपसिङ्क गरेर बनाएको भिडियोका कारण तान्जानियालीका दाजुबहिनी सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन् । भाइरल किलि पोल र उनकी बहिनी नीमा हिन्दी गीतका भिडीयो बनाएर अहिले इनस्टाग्राम र टिकटकमा भाइरल भएका छन् । उनीहरू तान्जानियाको एउटा सानो गाउँमा बस्छन् । पोल र नीमा दुबै दाजुबहिनी हिन्दी बोल्न जान्दैनन् तरपनि उनीहरू भारतीय झैं ओठ चलाएर भिडीयो बनाउँछन् ।