हिमाचल प्रदेशको राजमार्गमा पहिरो खस्दा १३ जनाको मृत्यु ,धेरै सवारीसाधन पुरिए
भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन् । बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ। झन्डै ३० जना अझै पुरिएको अवस्थामा रहेको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ।भारत(तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्।गत महिना हिमाचल प्रदेशमै एउटा डाँडाबाट अचानक ढुङ्गामाटो खस्दा एउटा यात्रुवाहक बसमा चढेका नौ पर्यटकको मृत्यु भएको थियो।