11:42:38 am 25-Sep-2022

१० औं पटक जितेर ११औं पटकमा वडाध्यक्षमा हारे  ८१ वर्षीय नरसिंह व्यञ्जनकार


१० औं पटक जितेर ११औं पटकमा वडाध्यक्षमा हारे  ८१ वर्षीय नरसिंह व्यञ्जनकार

युवापोष्ट, ५ जेठ, काठमाण्डौं ।ललितपुर महानगरपालिका वडा नम्बर १० मा निरन्तर निर्वाचित भईरहेका ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन्। १० पटक वडाध्यक्ष नर्वाचित भइसकेका उनले यसपालि पनि उम्मेदवारी दिएका थिए। नरसिंहले उम्मेदवारी दर्तालगत्तै भनेका थिए, उनी लामो समय चुनाव जितेर जनताको सेवा गर्ने प्रतिनिधिको रूपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छु । ‘लगातार ३५ वर्ष चुनाव जितेर जनताको सेवा गर्नेको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छ । यसपालि तपाईंले चुनाव जित्नुभयो भने त्यो तोडिनेछ’, नजिकको शुभचिन्तकले भनेका कुरा सुनाउँदै ब्यञ्जनकारले भने, ‘लामाे समय स्थानीय निर्वाचन हुन नसकेकाले मेरो अलि पुगेन कि भन्ने छ । यसपालि जितेँ भने विश्व रेकर्ड हुन्छ रे । तर   यसपालि उनी २८२ मतले पराजित भएका छन्। उनी आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्। काका नरसिंहले ५४३ मत मात्रै ल्याए। नरसिङ्ग व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए। उनी काठमाण्डौ महानगरपालिकामा मेयरको उमेद्वारी दिएर चर्चाको शिखरमा रहेका बालेन्द्र शाहको राजनैतिक गुरु पनि हुन् अर्थात बालेन्द्र शाहले उनलाई राजनैतिक गुरु मान्छन् । आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरेका हुन्। स्थानीय बासीका अनुसार उनी एक असल जनप्रतिनिधि हुन तर यसपटक उमेरको कारणले उनलाई विश्राम लिन धेरैले भनेको भएता पनि उनले लिन चाहेनन् । उनले भने  ‘म वडाध्यक्ष नभए पनि मैले अघि सारेका गुरूयोजनामा काम गर्नेछु। काम गर्नलाई कुनै पद नै चाहिन्छ भन्ने छैन । जनताको सेवा सदैव गरिरहन्छु ’ । उनले वडाध्यक्ष जितेका आफ्ना भतिजालाई पदको राजनीति गर्नेभन्दा पनि समाजसेवामा लाग्न सुझाव दिने बताए। 

नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको हो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए। पञ्चायती ब्यवस्थामा सबै ब्यक्ति स्वतन्त्र नै हुन्थे त्यसैले उनले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए। त्यसपछि उनलाई पनि समाजसेवाको नसा लाग्यो यो पद कसैले खुस्काउन सकेन । वडावासीहरूले पनि निरन्तर उनलाई नै  यो जिम्मेवारी सुम्पिरहे ।धेरै निर्वाचन उनले निर्विरोधै जितेका छन्। कसैले विपक्षमा उभिने हिम्मतै गरेनन्। त्यस्तै धेरै निर्वाचनमा बिपक्षीको जमानत जफत नै भयो ।राजनीतिमा आउनुअघि उनी नारायणहिटीमा निर्माणको काम गर्थे। 

पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो। त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे। २०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन। कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन। उनलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए। उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते। त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।

यसबाट ब्यञ्जनकारको गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउने सपना अधुरै रहने भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]